nepal ahile circle final NEW

भूकम्प प्रभावित जिल्ला जाजरकोट पुगे प्रधानमन्त्री प्रचण्ड

भूकम्प प्रभावित जिल्ला जाजरकोट पुगे प्रधानमन्त्री प्रचण्ड

काठमाण्डौ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भूकम्प प्रभावित जिल्ला जाजरकोट पुगेका छन्।

नेपाली सेनाको १६ जनाको मेडिकल टिमसहित जाजरकोट पुगेका प्रधानमन्त्री प्रचण्डले प्रमुख जिल्ला अधिकारी सुरेश सुनारसँग जिल्लाको अवस्थाबारे जानकारी लिएका छन् ।

प्रजिअ सुनारसँग जानकारी लिएर प्रधानमन्त्री  स्थलगत अवलोकनमा निस्कने तयारी गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

प्रधानमन्त्रीको कार्यालयले दिएको जानकारी अनुसार गएराति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १२८ पुगेको छ।

जाजरकोटमा ९२ र रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । जाजरकोटमा ५५ र रुकुम पश्चिममा ८५ जना घाइते भएको थप  क्षतिको विवरण संकलन कार्य भइरहेको कार्यालयले जानकारी दिएको छ  ।

शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । सो भूकम्पलगत्तै १२ बजेर ८ मिनेट जाँदा ४.५ म्याग्न्च्यिुडको भूकम्प गएको थियो । यसको केन्द्रबिन्दु पैंक र रामिडाँडाको आसपास रहेको थियो । त्यसपछि १२ बजेर २९ मिनट जाँदा ४.२ म्याग्निच्युडको अर्को परकम्प गएको थियो भने १२ बजेर ३५ मिनेट जाँदा ४.३ म्याग्निच्युडको परकम्प गएको थियो ।

जाजरकोटको रामीडाँडा आसपास केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पपछि निरन्तर साना र ठूला पराकम्प गइरहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्