nepal ahile circle final NEW

भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्धारका लागि पोखरा महानगर तयार

जनआन्दोलनका प्रथम सहिद सुपुत्रलाई डाक्टरी पढाउन पोखरा महानगरले सहयोग गर्ने

पोखरा । पोखरा महानगरपालिकाले भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्धारका लागि सहयोग गर्न तयार रहेको जनाएको छ ।

गएराति जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पबाट धनजनको क्षति भएको स्थानमा राहत र उद्धार कार्यका लागि सहयोग गर्न महानगर तयार रहेको मेयर धनराज आचार्यले बताएका छन् ।

उनले शनिबार बिहान सामाजिक सञ्जालमा सूचना जारी गर्दै पोखरा महानगर स्थानीय प्रशासनसँग सम्पर्कको प्रयासमा रहेको उल्लेख गरेका छन् ।

राहत तथा उद्धारमा थप सहयोग जरुरी भएमा पोखरा महानगरपालिका सहयोगका लागि तयार रहेको र त्यसका लागि विपद् व्यवस्थापन शाखा प्रमुख सुरेन्द्र शर्मालाई फोकल पर्सन तोकिएको मेयर आचार्यले बताएका छन् ।

‘स्थानीय प्रशासनसँग सम्पर्कको प्रयासमा छौँ । राहत तथा उद्धारमा थप सहयोग जरुरी भएको खबर भएमा पोखरा महानगरपालिका सहयोगका लागि तयार रहेको छ । यसको लागि आवश्यक संयोजन र सम्पर्क गर्न विपद् व्यवस्थापन शाखा प्रमुख सुरेन्द्र शर्मालाई फोकल पर्सन तोकिएको छ,’ मेयर आचार्यले लेखेका छन् ।

मेयर आचार्यले भूकम्पमा परि ज्यान गुमाउनेहरूमा श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य उपचारको व्यवस्था गर्न आह्वान गरेका छन् । उनले पोखरा -जाजरकोट, पोखरा – रुकुम समाजका पदाधिकारी एवम् सदस्यहरूलाई सम्पर्कमा आउन अनुरोध समेत गरेका छन्।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्