nepal ahile circle final NEW

संबृद्धि सहकारीको रक्तदानमा ६७ युनिट रगत संकलन

संबृद्धि सहकारीको रक्तदानमा ६७ युनिट रगत संकलन

पोखरा । पोखरा महानगरमा भएको आकस्मीक रक्तदानमा ६७ युनिट रगत संकलन भएको छ ।

संबृृद्धि बचत तथा ऋण सहकारीले पोखरा–२७ तालचोकमा आयोजना गरेको आकस्मीक रक्तदान कार्यक्रमा उक्त रगत संकलन भएको हो ।रक्त संचार केन्द्र पोखराले रगतको अभाव भएको भन्दै रक्तदान गर्न आव्हान गरेको थियो ।

पोखरा महानगपालिका वडा नं. २६ का अध्यक्ष नरेन्द्र थापाले बार्षिक र आकस्मिक तालिका बनाउर रक्तदान कार्यक्रम आयोजना गर्न आग्रह गरे ।रक्त संचार केन्द्र पोखराका प्राविधिक महेन्द्र के.सीले रक्तदातालाई रक्तदानका लागि प्रोत्साहित गनुपर्ने बताए ।

सहकारीका अध्यक्ष सुमन भट्टराईले डेँगु रोगका कारण रगतको आवश्यकता बढ्दा रक्त संचार केन्द्रले आग्रहमा कार्यक्रमको आयोजना गरिएको बताए । संस्थाका सचिव नवराज तिवारीले कार्यक्रम संचालन गरेका थिए ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्