nepal ahile circle final NEW

अन्नपूर्ण बेसक्याम्प पुगेका महासचिव गुटेरेसलाई स्थानीयले गुनासाे सुनाए

अन्नपूर्ण बेसक्याम्प पुगेका महासचिव गुटेरेसलाई स्थानीयले गुनासाे सुनाए

पाेखरा । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस मङ्गलबार  बिहान अन्नपूर्ण बेसक्याम्प पुगे । जलवायु परिवर्तनको असरबारे प्रत्यक्ष अनुभव गर्न र स्थानीयसँग कुरा गर्नका लागि उनी बेसक्याम्प पुगेका थिए ।

उनका लागि साेमबार मात्रै  एविसीमा छुट्टै हेलिप्याड  बनाइएकाे  थियाे । स्थानीय उनलाई  झाँकी सहित स्वागत गरेका थिए ।

अन्नपूर्ण  गाउँपालिकाका अध्यक्ष विष्णु बहादुर केसी सहितको टोलीले गुटेरेसलाई स्वागत गर्दै जलवायु परिवर्तनका समग्र असरबारे जानकारी गराएका थिए । जलवायु परिवर्तन बाट प्रभावित क्षेत्रलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, विकास र समृद्धिमा साथ सहयोग गर्नुपर्ने र जलवायु परिवर्तनको असर न्यूनीकरण गर्ने सम्बन्धि ध्यानाकर्षण गराए ।

 

वडाध्यक्ष हिम गुरुङले सानोमा खर्कमा पशु चराउन जाँदाको अनुभव र अहिले आएको परिवर्तन सुनाए  ।

सो अवसरमा महासचिव गुटरेसले जलवायु परिवर्तनमा नेपाल जस्तो राष्ट्रहरुको कुनै दोष नरहेको उल्लेख गर्दै यसको लागि मुख्य जिम्मेवार ठुला शक्ति राष्ट्रहरु भएको बताउँदै ठुला शक्ति राष्ट्रहरुले नेपाल जस्तो कम विकसित र जलवायु परिवर्तन बाट प्रभावित राष्ट्रहरुको विकासमा सहयोग गर्नुपर्ने धारणा राख्दै जलवायु परिवर्तनको असरले नेपाल जस्तो देशले भोग्नुपरेको समस्या अन्तर्राष्ट्रिय फोरममा राख्ने र साथै यस क्षेत्रको विकास र समृद्धिको लागि आफ्नो ठाउँ बाट सक्दो पहल गर्ने प्रतिबद्धता जनाए ।

अन्नपूर्ण बेस क्याम्पबाट पोखरा फर्किएका महासचिव  गुटेरेस  केही समय पछि नै  लुम्बिनी जाने  कार्यक्रम छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगै गुटेरेसले लुम्बिनीको भ्रमण गर्नेछन् ।

उनले आजै संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यतालिका छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्