nepal ahile circle final NEW

प्रमुख आचार्यले महासचिव गुटेरेसलाई नेपाली ढाका टोपी लगाइदिएर गरे स्वागत

प्रमुख आचार्यले महासचिव गुटेरेसलाई नेपाली ढाका टोपी लगाइदिएर गरे  स्वागत

पाेखरा । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेस पोखरा आइपुगेका छन् ।
नेपालको ४ दिने औपचारिक भ्रमणमा आएका महासचिव गुटेरेस सोमबार दिउँसो नेपाली सेनाको जहाजमार्फत पोखरा आएका हुन् । महासचिव एन्टोनियो गुटेरेसको स्वागत र सुरक्षाका लागि पोखरामा विशेष तयारी गरिएको छ ।

गुटेरेसलाई पोखरा विमानस्थलमा गण्डकी प्रदेशका  मुख्यमन्त्री सुरेन्द्र पाण्डे र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उप प्रमुख मञ्जुदेबि गुरुङ लगायतले स्वागत गरेका छन् ।

पोखरा महानगरपालिकाका प्रमुख आचार्यले महासचिव गुटेरेसलाई नेपाली ढाका टोपी र  गण्डकी प्रदेशका  मुख्यमन्त्री सुरेन्द्र पाण्डेले माला लगाइदिएर स्वागत  गरेका थिए ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्