प्रतिभा कोड फेस्टिभल सुरू, विद्यार्थीलाई कोडिङ ज्ञान दिने उद्धेश्य

  • नेपाल अहिले
  • कार्तिक १२, २०८०
प्रतिभा कोड फेस्टिभल सुरू, विद्यार्थीलाई कोडिङ ज्ञान दिने उद्धेश्य

पोखरा । पोखरा नदिपुर स्थित प्रतिभा माविमा कक्षा ६ देखि ९ सम्मका विद्यार्थीहरुका लागि प्रतिभा कोड फेस्टिभल सुरू भएको छ ।

कार्तिक १२ देखि २४ गतेसम्म सञ्चालन हुने फेस्टिभलमा ४८ विद्यार्थी सहभागी छन् । कक्षा ६ देखि ९ सम्मका विद्यार्थीलाई कोडिङ ज्ञानका लागि कार्यक्रम आयोजना गरिएको हो ।

उक्त फेस्टिभलको उद्घाटन गर्दै विद्यालयका प्राचार्य किरण सापकोटाले अहिलेको प्रविधिको युगमा अन्तर्राष्ट्रिय स्तरमै प्रतिस्पर्धा गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्ने कुरामा प्रतिभा कोड फेस्टिभल कोशेढुंगा हुने विश्वास व्यक्त गरे । यो विद्यार्थीहरुको लागि बिदाको राम्रो सदुपयोग भएको सापकोटाले बताए ।

विद्यालयका कम्प्युटर शिक्षक प्रविण ढुंगानाले उक्त फेस्टिभल संयोजन गरेका छन् भने कोडिङ कक्षाको प्रशिक्षकको रुपमा विवेक खत्री र सुरज श्रेष्ठ रहेका छन् ।

© 2026 All Rights Reserved | Nepal Ahile Media