nepal ahile circle final NEW

दुर्घटना अपडेट, ३ जनाको अवस्था गम्भीर (यात्रुको नामावली सहित)

पाेखरा २२ मा नगरबस दुर्घटना, घाइते सबैकाे उद्धार

पोखरा । आइतबार दिउँसो पोखरा २२ मा पोखरा यातायात प्रालिको ग १ ख ८५८५ नम्बरको नगर बस दुर्घटना हुँदा घाइते भएका मध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचाररत ३५ जना यात्रु मध्ये ४ जनाको अवस्था सामान्य जटिल र बाँकी  २८ जनाको अवस्था सामान्य रहेको अस्पताल जनाएको छ । पोखरा १७ छोरेपाटनबाट पोखरा २२ शान्तिस्तुपा हुँदै पुम्दीभुम्दीतर्फ जाँदै गरेको बस सडकबाट ५० मिटर तल खसेको थियो ।

बस घुम्तीमा ब्याक भएर दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ । ‍दुर्घटनाको बारेमा थप अनुसन्धान भैरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी शिव पाठकले जानकारी दिए ।

 

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्