nepal ahile circle final NEW

गोरे गुरुङको नयाँ गीत ‘मलाई नठान परदेशी’ सार्वजनिक

गोरे गुरुङको नयाँ गीत ‘मलाई नठान परदेशी’ सार्वजनिक

राजाराम पौडेल, पोखरा । नेपालीको महान् पर्व दशैंको छेको पारेर गण्डकी प्रज्ञा-प्रतिष्ठानको उपकुलपति गोरे गुरूङले नयाँ गीत ‘मलाई नठान परदेशी’ सार्वजनिक गरेका छन् । गीतमा स्वर, संगीत र शब्द गुरूङको नै हो ।

यो परदेशमा रहेका नेपालीहरुको कथामा आधारित गीत हो ।
‘मलाई नठान परदेशी, मलाई नभन निष्ठुरी,मेरो पनि जन्म घर नेपाल हो,मेरो पनि गाउँघर नेपाल हो, कोशी पारी धरान धनकुटा साइली……. २/४ बर्ष धन कमाई जाने हो गाउँघर’ गीतले दर्शक श्रोताको माया पाउने उनको विश्वास छ ।

बार रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गीतमा संगीत संयोजन अम्बर गुरुङ ‘पोखरेली’ र मिक्सीङ तथा मास्टरीङ बुद्धराज बज्राचार्यले गरेका हुन् ।

गीतको रेकर्डिङ भइरहेका दृश्य समावेश गरेर  भिडियो तयार भएको छ । टेकमान गुरुङले छायांकन गरेको भिडियोको सम्पादन प्रेम गुरुङले सुपर युनिक फिल्मस् प्रा.लि.पोखरामा गरेका हुन् । भिडियोको निर्माता रेनु गुरुङ र अनुशिलन कला पाठशाला पोखरा रहेका छन् ।

नृत्य निर्देशक तथा लोपोन्मुख लोक नृत्यहरुको खोज तथा संकलनकर्ता रहेका गोरे अनुशीलन कला पाठशालाका निर्देशक तथा संचालक समेत हुन् ।

उनका शब्द र संगीत रहेका धेरैं गीत यसअगाडि स्थापित गायक गायिकाहरुको स्वरमा बजारमा आइसकेका छन् । प्राय: मातृभाषाका चलचित्रहरुमा समावेश भएका उनका गीतहरु बढी लोकप्रिय छन ।
त्यसोत संगीत क्षेत्रमा उनको झुकाब सानै उमेरदेखि रहेको थियो ।

२०५४ सालताकै पप ब्याण्ड ‘द लाइफ वे’ खडा गरे पनि स्थापित गर्नको निम्ती विभिन्न कारणहरुले रोकिदा उनको सांगीतिक यात्राले गति लिन सकेन । त्यसपछि उनले अफिसियल हिसाबले डाँफेकला मन्दिरबाट नृत्य बिषयलाई लिएर अगाडि बढेका थिए । लगातार नृत्यलाई नै मुल बिषय बनाएर अगाडि बढिरहेका छन् । उनले २०५९ सालदेखी नृत्य निर्देशनतर्फ व्यस्त बने ।

कुनै समय पोखराबाट निर्माण हुने अधिकांश चलचित्रहरुमा उनको नृत्य निर्देशन रहने गर्दथ्यो ।

हालसम्म लगभग ३ सय भन्दा बढी गीतहरुमा नृत्य निर्देशन गरिसकेका उनले पछिल्लो क्रममा चलचित्र निर्देशन साथै चलचित्र निर्माण समेत गरेका छन् ।

यतिबेला आफ्नै स्वरमा गीतहरु ल्याउने जमर्को गरेका उनले आवाज भरेका २ वटा गीत बजारमा यसअगाडि नै सार्वजनिक भैसकेका छन । उनले आवाज भरेको पहिलो गीत कवि रमेश श्रेष्ठको शब्द , तेजेन्द्र गुरुङको संगीतमा तिहार सम्बन्धि थियो । जुन गीतमा आवाजमा स्मृती शाहीले साथ दिएकी थिइन् । उनलेआवाज भरेको दोस्रो गीत इटहरि निवासी संगीतकर्मी दुर्गा पराजुलीको शब्द संगीतमा रहेको थियो ।

‘अचारै मीठो रामसाईली तामालाई,बुहारी खाचो रामसाईली आमालाई,छिन-छिन पैसा गोजिमा,जुङ्गाको रेखी बसेको देखि मायाको खोजिमा’ बोलको गीतले उनलाई धेरैमाझ चिनायो ।
नयाँ गीत मलाई नठान परदेशी गोरे गुरुङ नामको अफिसियल युटुब च्यानलबाट हेर्न सकिन्छ ।
भिडियो

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्