nepal ahile circle final NEW

अन्नपूर्ण केबलकार दसैँमा खुल्ला रहने

अन्नपूर्ण केबलकार दसैँमा खुल्ला रहने

पाेखरा । अन्नपूर्ण केबलकार दसैँमा पनि खुल्ला रहने भएको छ।

‘दशमी र एकादशीका दिन कात्तिक ७ र ८ गते दिनकाे १ बजेबाट साँझ ६ बजे सम्म सञ्चालन हुने  अन्नपूर्ण केबलकारका माहाप्रबन्धक  अन्जन बडगामीले नेपाल अहिलेलाई जानकारी दिए ।’

‘माहाप्रबन्धक  बडगामीका अनुसार यात्रुहरुकाे चापलाई मध्यनजर गर्दै टिकाकाे र एकादशीकाे दिनमा  सिमित समयकाे लागि भएपनि दिवा सेवा सञ्चालनमा नै रहने छ । ‘

‘माहाप्रबन्धक  बडगामीका अनुसार अन्नपूर्ण केबलकार कात्तिक ९ गतेदेखि नियमित सञ्चालनमा आउने छ।’

फेवातालकाे किनार सेदीबगरदेखि सराङकोट सम्मकाे यात्रा सहजताका लागि  स्थापना गरिएको अन्नपूर्ण केबलकार पाेखराको पहिलो केबलकार हो।

केबलकारमार्फत पोखराको फेवाताल किनारबाट सराङकोट (२‍.४ किमि ) यात्रा दुरी दस मिनेट मात्रै लाग्छ ।

केबलकारको १७ गोण्डोला यात्रुका लागि र एक गोण्डोला सामान ओसारपसार गर्न प्रयोग गरिनेछ । एक गोण्डोलामा आठ जनाको सिट क्षमता छ । केबलकारबाट फेवातालसँगै सराङकोटबाट सूर्योदय र सूर्यास्त, मनोरम हिमशृङ्खला, फेवाफाँट, पुम्दीकाेट तथा पाेखराकाे सुन्दर दृश्य अवलोकन गर्न सकिन्छ । केबलकारको माथिल्लो स्टेसनमा भ्यू टावर रेष्टुरेन्ट, गार्डेन, पार्किङ, रेष्टुरेन्ट, कफी सप, जिप लाइन, स्काईसाइकलिङ र स्विङ रहेका छन् ।

‘केबलकार सञ्चाल पछि पाेखरामा पर्यटकहरुलाई यात्रा सहज भएकाे छ ।  केबलकार  बिहान ५ बजे देखि साँझ ६ बजे सम्म सञ्चालन हुने गरेकाे माहाप्रबन्धक   बडगामीले नेपाल अहिलेलाई बताए ।’

 

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्