nepal ahile circle final NEW

पोखरा महानगरमा एकैदिन १४ वटा वडाका ६० पसलमा अनुुगमन

पोखरा महानगरमा एकैदिन १४ वटा वडाका ६० पसलमा अनुुगमन

पोखरा। पोखरा महानगरपालिकाले शुक्रबार महानगरभित्र सञ्चालित मासुु र खाद्यान्न पसलमा अनुुगमन गरेको छ । नेपालीहरुको ठूलो चाड दशैँमा महानगर धेरै मासु खपत हुने र त्यसले नागरीको स्वास्थ्यमा असर गर्ने भएकाले मासुु पसलमा धेरै समुुह बनाएर अनुुगमन गरेको हो ।

पोखरा महानगरपालिका उपप्रमुख एवं बजार अनुुगमन समितिका संयोजक मञ्जुुदेवी गुरुङको नेतृत्वमा पाँच वटा समुह बनाएर महानगरका १४ वटा वडाका मासु र खाद्यान्न गरी ६० पसल अनुुगमन गरेको छ । दुुई पासु पसल र एक खाद्यान्न पसललाई १५ हजार जरिवाना समेत गरेको छ ।

पोखराका वडा नम्वर १, २, ४, ५, ६, ७, १०, ११, १२, १३, २४, १५, ३० र ३१ नम्वर वडामा सञ्चालनमा रहेका मासु र खाद्यान्नका ६० वटा पसलमा अनुुगमन गरेको हो ।

अनुुगमनका क्रममा पसल दर्ता/नविकरण नगरेको, बहाल कर नतिरेको, सरसफाईमा ध्यान नदिएको फेला पारेको हो ।
अनुुगमन टोलीले पोखरा–४ मा सञ्चालनमा रहेको मोहमद फ्रेस हाउस, पोखरा–४ कै जमाल फ्रेस हाउस, पोखरा–२ को सक्षम किराना स्टोर्सलाई ५/५ हजार जरीवाना गरिएको छ ।

मोहमद फ्रेस हाउस र जमाल फ्रेस हाउसबाट बासीको बोसो दश केजी, बोकाको टाउको एक वटा र सक्षम किराना पसलबाट म्याद नाघेका बदम जुुस दुुई बटटा गरी १५ मुल्य बराबरको मासुु र जुस नष्ट गरिएको महानगर बजार अनुुगमन समितिले जनाएको छ ।

अनुुगमनका क्रममा पसल फोहोर र अब्यवस्थित, व्यवसाय दर्ता नगरेको, कुुखुरा, खसि, कालिज लगायत सबैको मासु एकै ठाँउमा राखेर बेचबिखन गरेको, बधशाला नभएको भेटिएपछि उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ को उपदफा(क), (ख), (ग) बमोजिम ५ हजार जरिवाना गरेको महानगर सहकारी तथा उद्योग शाखाका अधिकृत ऋषिराम सापकोेटाले बताए ।

अनुुगमनका क्रममा दर्ता नभएका र मापदण्ड पुरा नगरेका पसललाई पोखरा महानगरपालिका, नापतौल तथा गुणस्तर कार्यालय र सम्वन्धित वडा कार्यालयमा कात्तिक १२ र १३ गते भित्र उपस्थित हुन लिखित निर्देशन दिइएको छ ।

पोखरा महानगरले गत वर्ष अनुुगमन गरेपछि बजारमा सुधार देखिएको भएपनि जति हुनुुपर्ने हो त्यती नभएको महानगरका उपप्रमुख मञ्जुुुदेवी गुुरुङले बताइन् । उनले पसल विना दर्ता सञ्चालन भएको पाइएकाले वडा कार्यालयहरुले अनुुगमन गर्नुपर्ने र महानगरले पनि निरन्तरता दिने बताइन ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्