nepal ahile circle final NEW

विनित र सानु जोजिजूको ‘हामी गीत गाउँछौं’ सार्वजनिक (भिडियो सहित)

विनित र सानु जोजिजूको ‘हामी गीत गाउँछौं’ सार्वजनिक (भिडियो सहित)

पोखरा । संगीतकर्मी विनित जोजिजू र सानु जोजिजुले दशैंको छेको पारेर ‘हामी गीत गाउँछौं’ गीत सार्वजनिक गरेका छन् । जोजिजू म्युजिक सेन्टरको प्रस्तुतीमा तयार भएको गीत कवि एवं संस्कृतीकर्मी तीर्थ श्रेष्ठले लोकापर्ण गरेंका थिए।

गीतमा विनित जोजिजू, सानु जोजिजू, उत्प्रेम जोजिजू र उत्प्रेरणा जोजिजूको आवाज सुन्न पाइन्छ । राजाराम पौडेलको रचना र विनोद वानियाँको संगीत रहेको गीत राजेश विष्टले एरेन्ज तथा बार डिजिटल स्टुडियोमा बुद्धराज ब्रजाचार्यले मिक्सिङ गरेका हुन् ।

गीतको म्युजिक भिडियो समेत आकर्षक बनेको छ । भिडियोमा मुख्य भुमिका विनित जोजिजू, सानु जोजिजू, उत्प्रेम जोजिजू र उत्प्रेरणा जोजिजूले नै निभाएका छन् । भिडियो रोहन नेपालीको निर्देशनमा तायर भएको हो । सम्पादन र पोष्ट प्रोडक्सनको काम अर्को प्रोडक्सनमा गरिएको गीतको छायाकंन सुवास सुवेदीले गरेका हुन् ।

यो पारिवारिक गीत हो । गीतले जोजिजू परिवारको साँगीतिक यात्राको बारेमा समेत बताउँछ । एकै परिवारका बाबा, आमा,छोराछोरी मिलेर आवाज भरेको र अभिनय गरेको पहिलो गीत हुन सक्ने दावी उनीहरुको छ । गीत जोजिजू म्यूजिक सेन्टर युट्युब च्यानल मार्फत हेर्न र सुन्न सकिन्छ । जोजिजू परिवारले पोखरामा जोजिजू म्यूजिक सेन्टर तथा म्युजिक स्कुल मार्फत नेपाली सा‌ंगीतिक क्षेत्रमा नयाँ प्रतिभालाई बाहिर ल्याउन विगत २० वर्षदेखि निरन्तर योगदान समेत दिँदै आएको छ ।

हेर्नुहोस् भिडियो

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्