nepal ahile circle final NEW

प्रधानमन्त्री प्रचण्ड आज चीनको छेन्दु जाँदै

प्रधानमन्त्री प्रचण्ड आज चीनको छेन्दु जाँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चीनको छेन्दु भ्रमणमा जाँदै छन् ।

उनी स्थानीय समयअनुसार बिहान पौने १० बजे मानसरोवरको अलि घुन्सा विमानस्थलबाट ल्हासा विमानस्थल प्रस्थान गर्ने र त्यहाँबाट छेन्दुका लागि प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री प्रचण्ड तिब्बतको ल्हासाबाट आज बिहानको उडानमा छेन्दु जान लागेका हुन् । छेन्दुमा रहँदा उनले पाण्डा प्रजनन केन्द्रको निरीक्षण गर्ने छन् ।

त्यसपछि साँझ चिनियाँ कम्युनिष्ट पार्टीको सिचुआन प्रान्तीय कमिटीका सचिव वाङ सियाओसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्