nepal ahile circle final NEW

चिकित्सकमाथि आक्रमण गर्नेलाई मुद्दा चलाउन निर्देशन

चिकित्सकमाथि आक्रमण गर्नेलाई मुद्दा चलाउन निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले पोखराको मणिपाल शिक्षण अस्पताल, लमजुङको जिल्ला अस्पताल लगायतका स्वास्थ्य संस्थामा कार्यरत चिकित्सकमाथि आक्रमण र तोडफोड उत्रिनेलाई मुद्दा चलाउन प्रहरी प्रशासनलाई निर्देशन दिएको छ ।

पछिल्लो समय लगातार चिकित्सकहरूमाथि आक्रमण भएकै बेला सोमबार पोखराको मणिपाल अस्पतालमा कार्यरत चिकित्सकमाथिको आक्रमणपश्चात पोखरासहित देशभर चिकित्सक    आन्दोलित भएपछि गृह मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।

गृहमन्त्री नारायणकाजी श्रेष्ठले मंगलबार सरोकारवालाहरुको बैठकमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन–२०६६ बमोजिम कारबाही अघि बढाउन निर्देशन दिएका हुन् ।

उनले स्वास्थ्यकर्मीहरुमाथि भएको दुर्व्यवहार घटनाको सन्दर्भमा सत्य पत्ता लगाएर दोषीलाई कारबाही गर्न र ऐनको पछिल्लो संशोधन २०७९ सहित तिनमा भएको व्यवस्थाबारे सबै स्वास्थ्य संस्थाहरुमा जानकारीमूलक सूचना प्रवाह गर्न निर्देशन दिए ।

उनले भने, ‘देशभरका अस्पतालहरु र स्वास्थ्य संस्थाहरुमा अहिले जो स्वास्थ्यकर्मीहरुमाथि भएका घटनाका सन्दर्भमा स्वास्थ्यकर्मीहरुले गल्ती गरेको भए उनीहरुलाई पनि अनुसन्धान गरी कारवाही गर्ने र स्वास्थ्यकर्मीमाथि आक्रमण हुँदा आक्रमणकारीलाई कारवाही गर्ने जुन ऐन छ त्यसको पछिल्लो  संशोधन २०७९ सहित त्यसमा भएको व्यवस्थाबारे सबै स्वास्थ्य संस्थाहरुमा जानकारीमूलक वोर्ड राख्ने काम स्वास्थ्य मन्त्रालयले गर्ने छ ।’

यस्तै, उनले दोषीलाई ऐनअनुसार कुनै किसिमको दुविधा नराखी कानूनको कारबाहीको हकमा अगाडि बढ्नको लागि कडा निर्देशन सबैतिर जारी गर्ने निर्णय भएको पनि बताए ।

उनले भने, ‘अर्को निर्णय स्वास्थ्यकर्मीमाथि भौतिक आक्रमणमा संलग्नहरुलाई त्यही ऐन अनुसार कारवाही अगाडि बढाउने कुरामा कुनै किसिमको दुविधा नराख्ने र कानूनी कारवाहीको प्रक्रिया अगाडि बढाउनेबार् कडा निर्देशन सबैतिर जारी गर्ने काम भएको छ । ऐन त लागू गर्ने हो । कानूनको शासन लागू गर्ने कुरामा सरकार दृढ छ ।’

मणिपाल शिक्षण अस्पताल पोखरालगायत स्थानमा स्वास्थ्यकर्मीमाथि आक्रमण भएपछि चिकित्सकहरु आन्दोलनमा उत्रिएका थिए ।

चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि आक्रमण गर्नेलाई कारबाही गर्ने सहमति भएपछि आन्दोलन फिर्ता भएको छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्