nepal ahile circle final NEW

कांग्रेसले चाहे शिक्षासम्बन्धी विधेयक सच्चिन्छः महामन्त्री थापा

काँग्रेस भित्रैबाट विपीमाथि अन्याय : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसले चाहेमा शिक्षा विधेयक सच्याउन सकिने बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित नेपाल मुस्लिम संघ तेस्रो केन्द्रीय महाधिवेशन उद्घाटज समारोहमा बोल्दै उनले संसदको सबैभन्दा ठूलो पार्टी कांग्रेस भएकाले सच्याउन चाहे शिक्षा विधेयक सच्चिने बताएका हुन् ।

उनले भने, ‘तपाईंहरूले केही महत्वपूर्ण कुरा उठाउनुभको छ जुन शिक्षासँग सम्बन्धित छ । हामी संसदको सबैभन्दा ठूलो पार्टी चाहँदा विधेयक सच्चिन्छ यसलाई हामीले सच्याउनुपर्छ ।’

कांग्रेस भित्रनै प्रतिनिधित्वको विषयमा केही कुराहरूमा सुधार गर्नुपर्ने पनि उनले बताए । देशभरि एकता र सद्भाव कायम गर्नु नै कांग्रेसको धर्म भएको उनको भनाई छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्