nepal ahile circle final NEW

मुगु आगलागीमा ४ करोड भन्दा बढीको क्षती

भक्तपुरमा करेन्ट सर्ट भई आगलागी

मुगु । मुगु जिल्ला सदरमुकाम गमगढीमा शुक्रबार राती भएको आगलागीमा ४ करोड भन्दा बढीको भौतिक संरचना र धनमालको क्षती भएको छ ।

आईतबार विहान जिल्ला विपत समितीको बैठकमा जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरिक्षक विरेन्द्र थापाले आगलागीमा ४ करोड भन्दा बढीको भौतिक सम्पती क्षेती भएको रिर्पोट प्रस्तुत गदै जानकारी गराएका हुन् ।

आगलागीमा जलेका घरहरुका घरधनी,त्यहाँ रहेका विभिन्न व्यवसाय गदै आएका व्यवसायी र घर वहालमा बस्नेहरुबाट लिएको मालसामानहरुको भौतिक संरचनाको सुचना र बजार मुल्यको विष्लेषण गरेर अनुमानित क्षेती निकालिएको प्रनाउ थापाले बताएका छन् ।

बैठकमा नेपाल रेडक्रस मुगु शाखाका महामन्त्री रत्नगी मल्लले पिडित परिवारहरुको तथ्याङ्क प्रस्तुत गरेका थिए । प्रस्तुत तथ्याङ्क अनुसार आगलागीबाट २८ परिवारका ९५ जना परिवार प्रभावित भएका छन । यस्तै आगलागी बाट ८ घर पुर्ण र ३ घर आशिंक क्षेती भएको पनि उल्लेख छ । यस्ती आगलागीबाट क्षेती भएका घरहरुमा विभिन्न व्यवसाय गदै आएका ९ जना व्यवसायीका पसल र घरभाडामा बस्दै आएका ११ जनाको सामान तथा लत्ता कपडा पनि जलेर खरानी भएको रेडक्रसले प्रस्तुत गरेको रिर्पोटमा उल्लेख गरी जानकारी गराएका छ ।
आगलागीबाट प्रभावित परिवार मध्य ४७ जना बालबालिका र ४८ जना अन्य उमेर समुहका रहेका छन् ।

जिल्ला विपत व्यवस्थापन समितीका अध्यक्ष प्रमुख जिल्ला अधिकारी मोहन बहादुर थापाको अध्यक्षतामा बसेको बैठकमा सहभागी विभिन्न गैर सरकारी संघ सस्था तथा सरकारी कार्यालयहरुले आगलागीबाट प्रभावित परिवारहरुलाई आर्थिक तथा जिन्सी राहत सामगी्र सहयोग गर्ने बचनबद्धता गरेका थिए ।
प्रमुख जिल्ला अधिकारी थापाले दिएको जानकारी अनुसार हिरिसडेक नेपालले व्यक्तिगत तथा घरायसी सरसफाईका सामगी्र,छायाँ नेपालले खाद्यन्न सामगी्र,यूएमएन कलष्टरले आगलागी भएका घरधनीलाई मात्र ३ लाख बराबरको सहयोग,कणाली सामुदायिक विकास केन्द्रले २ लाख बराबरको सहयोग र हिरिण्डेकले ५० हजार बराबरको सहयोग प्रभावित परिवारलाई गर्नेछन ।

यस्तै आगलागीबाट प्रभावितहरुलाई साहस नेपालले प्रतिघर बराबर ७ हजारसम्मको खा्द्यन्न सहयोग गर्ने र आईएनएफ मुगुले जिल्ला विपत समितीको सहयोगको आग्रह केन्द्रमा पठाउई केन्द्रको निर्णय अनुसार पिडित परिवारलाई सहयोग गर्ने बताएको छ ।

जलेका घरहरुमा कोहि घरधनीले अस्थायी रुपका संरचनाहरु बनाएर बस्ने भए उर्जा तथा सिचाई कार्यालयले अस्थायी शौचालय बनाई दिने,वन डिभिजनले काठ पुर्जीमा सहजीकरण गर्नेछन भने विधत प्राधिकरण र गमगढी खानेपानी उपभोक्ता समितीसंग निशुल्क मिटर,पानी लाईन जडानका लागी आग्रह गर्ने निर्णय भएको छ ।

बैठकमा सहभागी कणाली प्रदेश सान्सद तथा निवर्तमान वन वातावरण तथा उर्जा मन्त्री जित बहादुर मल्लले क्षेती अनुसार प्रस्तुत गरिएका राहत प्रतिवद्धता साहै न्युन भएकाले थप सहयोगा,राहत र घरहरु पुर्न निमार्णका लागी कणाली प्रदेश सरकार,स्थानिय तहहरु र संघिय सरकारसंग आग्रह गर्नु पर्ने र सोहि अनुसारको निर्णय गरेर तिनै तहका सरकारलाई जिल्ला विपत समितीले पठाउनु पर्ने सुझाव दिए । उनले भने,‘भन्नु भयो म पनि प्रदेश राजधानी सुर्खेत जादै छु प्रदेश सरकार,दातृ निकायहरु र अन्य गैर सरकारी र्संघ सस्थाहरुसंग सहयोगका लागी पहल गर्नेछु ।’

बैठकमा सहभागी नागरिक समाजका अध्यक्ष रुप बहादुर मल्ल,नेपाल पत्रकार महासंघका अध्यष्क्ष नृपेन्द्र बहादुर मल्लले बर्षेनी मुगु जिल्ला सदरमुकाम आगलागीको चपेटामा पदै आएकाले दिर्घकालिन समाधानका उपाय तिर सरोकारवालहरु लाग्नु पर्ने, बजारमा दमकलको व्यवस्था गर्नु पर्ने,घरहरुमा गुणस्तरीय वाईरिङ्ग गर्न र व्यवसायीहरुलाई पेट्रोल,डिजेल र ग्यासका गोदाम घना घरहरु भन्दा टाढा राख्न लगाउनु पर्ने सुझाव दिए ।

यसै विच छायाँ नेपाल र हिरिसडेक मुगुले आगलागी पिडित २५ घरपरिवारलाई आईतबार प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापाको रोहभरमा सरसफाई सामाग्री र खाद्यान्न सामाग्री राहत स्वरुप वितरण गरेको छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्