नेपालमा संघीयता अस्तित्व रक्षाको लागि आएको होइन : शर्मा

  • नेपाल अहिले
  • आश्विन ७, २०८०
नेपालमा संघीयता अस्तित्व रक्षाको लागि आएको होइन :  शर्मा

काठमाडौं । संघीययता मामिलाका विज्ञ प्राध्यापक पीताम्बर शर्माले नेपालमा संघीयता अस्तित्व रक्षाको लागि नभएको टिप्पणी गरेका छन् ।

आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले नयाँ प्रकारको प्रशासनिक व्यवस्था गर्न आवश्यक भएको बताए ।

‘नेपालमा संघियता अस्तित्व रक्षाको लागि आएको होइन’ शर्माले भने, ‘आज संघीयताको कुरा गर्दा नेपालको संघीयता मधेसप्रति भएको ऐतिहासिक अन्यायप्रतिको पहाडे जागरुकताको खलबली हो ।’

समग्र देशको विकाससँगै तराईको आर्थिक हैसियत बढे पनि राजनीतिक हैसियत नबढेको उनको भनाई छ ।

उनले राजनीतिक हैसियत र आर्थिक हैसियत बीचका असामयिक न्यायहरु र मधेशले उठाएको प्रश्नहरु जायज भएको बताए ।

© 2026 All Rights Reserved | Nepal Ahile Media