nepal ahile circle final NEW

एयर गनसहित एक जना पक्राउ

एयर गनसहित एक जना पक्राउ

सुनसरी । एयर गनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–१४ विजयपुर बस्ने ३९ वर्षीय अमनध्वज कार्की रहेका छन् ।
प्रहरीले उनको साथबाट १ थान एयर गनसहित शनिबार दिउँसो पक्राउ गरेको हो ।

कार्कीको घरमा अवैध हतियार लुकाई छिपाइ राखेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी चौकी विजयपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा उक्त गनसहित उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्