nepal ahile circle final NEW

आन्तरिक एकता सवल नभए विकासको कुरा खोक्रो नारा: कार्की

आन्तरिक एकता सवल नभए विकासको कुरा खोक्रो नारा:   कार्की

काठमाडौं । पूर्व सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलक शान्तिको बाटोमा नगएसम्म राष्ट्रियता सवल हुन नसक्ने बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित नेपाल मुस्लिम संघ तेस्रो केन्द्रिय महाधिवेशन उद्घाटन समारोहमा बोल्दै उनले आन्तरिक एकता सवल भएन भने विकास र समृद्धिको नारा केवल सपना मात्र हुने बताएका हुन् ।

‘मुलक शान्तिको बाटोमा गएन भने हाम्रो राष्ट्रियता सवल हुन सक्दैन’ उनले भने,
राष्ट्रियता र आन्तरिक एकता सवल भएन भने विकास र समृद्धिको नारा केवल सपना मात्र हुन्छ ।’

उनले अहिले मुलुकको आवश्यकता विकास र समृद्धि भएको बताए । यसलाई अगाडि बढाउन नेपाली कांग्रेसलाई सवल र सक्षम बनाउनु पर्ने उनको भनाई छ ।

सबै जात, धर्म,लिङग र भाषलाई संरक्षण र संबद्धन नगरेसम्म देश विकासको र समुदाय विकासको कुरा केवल खोक्रो नाराको रुपमा मात्र सीमित हुने उनले बताए ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्