nepal ahile circle final NEW

साफ यू–१९ च्याम्पियनसिप : पाकिस्तान सेमिफाइनलमा

साफ यू–१९ च्याम्पियनसिप :  पाकिस्तान सेमिफाइनलमा

काठमाडौं । पाकिस्तान साफ यू–१९ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
शनिबार दशरथ रंगशालामा भएको खेलमा माल्दिभ्ससँग १–१ गोलको बराबरी खेल्दै पाकिस्तान सेमिफाइनल प्रवेश गरेको हो ।
माल्दिभ्सले, खेलको ३९ औं मिनेटमा सानन रसिद रसादको गोलबाट अग्रता लिएपनि खेल सकिन ६ मिनेट अघि पाकिस्तानका साह जहानले गोल गर्दै पाकिस्तानलाई बराबरीमा ल्याएका थिए ।
सोही गोल पाकिस्तानलाई प्रतियोगिताको अन्तिम ४ मा पुर्याउन पर्याप्त रह्यो ।
समूह एमा पाकिस्तानको ४ अंक रह्यो । माल्दिभ्सको १ अंक छ । नेपाल अंक विहीन छ ।
पाकिस्तानले पहिलो खेलमा नेपाललाई १–० ले हराएको थियो ।
समूह चरणको अन्तिम खेलमा नेपाल र माल्दिभ्स भिड्नेछन् । अघिल्लो चरण प्रवेश गर्न माल्दिभ्सलाई बराबरीनै पर्याप्त हुनेछ भने नेपाललाई अन्तिम खेलमा जित निकाल्नैपर्ने समिकरण तय भएको छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्