nepal ahile circle final NEW

नयाँ कानून निर्माण गर्न नसक्नु नै चुनौति : पोखरेल

नयाँ कानून निर्माण गर्न नसक्नु नै चुनौति : पोखरेल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले, संविधानको प्रभावकारी कार्यान्वयनको लागि आवश्यक कानून निर्माण गर्न नसक्नु नै मुख्य चुनौति भएको बताएका छन् ।

संविधान दिवसको उपलक्ष्यमा जनकपुरधामस्थित जानकी मन्दिर अगाडि रहेको बागवानीमा राष्ट्रिय झण्डाको अनावरण गर्न जनकपुर पुगेका पोखरेलले, कानून निर्माणमै चुनौति देखिएको बताएका हुन् ।

पोखरेलले संविधानको प्रभावकारी कार्यान्वयनका लागि संविधान अनुसार आवश्यक नयाँ कानून निर्माण गर्न नसक्नु नै चुनौति भएको उल्लेख गर्दै कानून र संरचना निर्माण गर्नु पर्नेमा जोड दिए ।

‘सबैभन्दा चुनौतिको कुरा के हो भने संविधान त जारी गर्‍यौ, त्यसलाई कार्यान्वयन गर्नको लागि हामीसंग पहिलो कुरा कानूनको आवश्यकता पर्छ । नयाँ संविधान अनुरुप कानून बनाउन पर्यो । त्यो बनाएर मात्रै होइन संरचनाहरु बनाउन पर्यो। धेरै समय हाम्रो यसबीचमा बितेको छ । कतिपय कानूनहरु अझै बनाउन बाँकी छ र संरचनाहरु पनि बनाउन पर्छ । तब मात्रै हामीले संविधान प्रभावकारी बनाउने कानून बनाउन सक्छौ ।’

उनले नेपाली जनताले बनाएको संविधान उत्कृष्ट रहेको धारणा राखे । उनले सबैले संविधानप्रति गर्व गर्नुपर्ने बताए ।

उनले भने, ‘कुनै बाह्य शक्तिले लादेर ल्याएको संविधान होइन । जनताबाटै निर्वाचित जनप्रतिनिधिले बनाएको संविधान हो । त्यसैले सबैले गर्व गर्नुपर्छ ‌।’

उनले आवश्यक परेमा प्रक्रिया पुरा गरी संविधान संशोधन गर्न सकिने भन्दै आजको दिन संविधान कार्यान्वयन गर्ने प्रतिबद्धता सबैले व्यक्त गर्नुपर्ने उनको धारणा छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्