nepal ahile circle final NEW

प्रधानमन्त्री प्रचण्ड आज अमेरिका प्रस्थान गर्दै

प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन अमेरिका जाँदै छन् । साँझ ६ बजे उनी महासभामा सहभागी हुन न्युयोर्क प्रस्थान गर्न लागेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले बुधबार संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ । अमेरिकामा प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससहित विभिन्न देशका समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् ।

उनको अमेरिकास्थित संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर त्यतैबाट चीन भ्रमणमा जाने कार्यक्रम तय भएको हो ।

उनी चीनमा १९औँ एसियाली खेलकुदको उद्घाटनमा सहभागी हुनेछन् । उनको चीनका राष्ट्रपति सी चिनफिङसँग हाङझाउमा र ली छियाङसँग बेइजिङमा भेट गर्ने कार्यतालिका छ ।

भ्रमणमा परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्रसचिव भरतराज पौड्याल, स्वकीय सचिव गंगा दाहाललगायत सहभागी हुने छन् । उनी २५ सेप्टेम्बरमा स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्