nepal ahile circle final NEW

काठमाडौंको तीनकुनेमा खुकुरी प्रहार गरी ४ जनाको हत्या, ४ जना नियन्त्रणमा

काठमाडौंको तीनकुनेमा खुकुरी प्रहार गरी ४ जनाको हत्या, ४ जना नियन्त्रणमा

काठमाडौं । काठमाडौंको तीनकुने गैह्रीगाउँ स्थिति एक स–मिलमा गए राति खुकुरी प्रहार गरी चार जनाको हत्या गरिएको छ ।

हत्या गरिएकामा एकै परिवारका तीन सहित चार जना छन् । हत्या गरिएकामा दोलखाको कालिञ्चोक गाउँपालिका–८ का करिब ५५ वर्षीय कुमार भुजेल, उनकी आमा ७० वर्षीय सुभद्रा भुजेल र श्रीमती अम्बिका भुजेल रहेका छन् । मोरङका १९ वर्षीय नवीन राईको पनि सोही स–मिल भित्र हत्या गरिएको छ ।

तीनकुनेको गैह्रीगाउँस्थित दिव्य स–मिलमा गए राति १२ बजेतिर उनीहरूको हत्या गरिएको हो । सो स–मिल नेकपा एमाले दोलखाका नेता बालकृष्ण सिवाकोटीको हो । स–मिलभित्र चार जनाको हत्या गरी एउटा कुनामा लास थुपारेको अवस्थामा फेला परेको छ ।

हत्या गरिएका भुजेल लामो समयदेखि परिवारसहित सोही स–मिलभित्रै बस्दै आएका थिए । हत्या गर्ने व्यक्तिको पहिचान हुन नसकेको काठमाडौं प्रहरीले जनाएको छ । घटनाको उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान सुरु गरेको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले प्रहरी टोलीले घटनाको अनुसन्धान गरिरहेको र सबै नाकामा प्रहरी टोली परिचालन गरिएको जानकारी दिए । घटनाको जानकारी दिन ट्याक्सी चढेर प्रहरी कार्यालय पुगेका एक जनासँगै थप ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

थापाका अनुसार प्रहरीले सोही घरमा बस्ने २८ वर्षीय दीपेन्द्र राईसहित थप ३ जनालाई घटनामा संलग्न रहेको आशंकामा  नियन्त्रणमा लिएको  हो ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्