nepal ahile circle final NEW

नेकपा एस केन्द्रीय परिषद सदस्य पद स्वीकार्य छैन : दीपक मनाङ्गे

नेकपा एस केन्द्रीय परिषद सदस्य पद स्वीकार्य छैन : दीपक मनाङ्गे

काठमाडौँ । मनाङको प्रदेशसभा २ बाट स्वतन्त्र उठेर निर्विरोध निर्वाचित भई नेकपा एस रोजेका नेता राजीव गुरुङ (दीपक मनाङ्गे) ले आफूलाई केन्द्रीय परिषद सदस्य पद स्वीकार्य नभएको बताएका छन् ।

पार्टीको भदौ ५ देखि ७ सम्म बसेको केन्द्रीय कमिटीको बैठकको निर्णयबाट परिषद्मा मनाङ्गेसतित १७ सदस्य मनोनीत भएको खबर बिहीबार सार्वजनिक भएकोमा शुक्रबार मनाङ्गे यस्तो बताएका हुन् ।

शुक्रबार सामाजिक सञ्जालमा लेख्दै उनले उक्त निर्णय र जिम्मेवारी आफूसँग सल्लाह नगरी गरिएको बताउँदै दिइएको जिम्मेवारी स्वीकार्य नभएको बताएका हुन् ।

उनले उक्त पद पार्टीकै अन्य पद पार्टीकै अन्य योग्य युवाहरूलाई दिँदा पार्टीलाई अझ बढी फाइदा हुने भन्दै युवालाई अगाडि बढाउने कुरामा आफ्नो सधैँ समर्थन रहने उल्लेख गरेका छन् ।

जनताबाट निर्वाचित जनप्रतिनिधिहरू जनतासँग उत्तरदायी हुने र संसदीय कामकाजमा व्यस्त हुनुपर्ने हुँदा पार्टीका काममा समय दिन नभ्याइने भएकाले एउटै व्यक्तिले अनेक पदको भारी बोक्नु राम्रो नभएको उनको तर्क छ ।

एक व्यक्ति एक पदको नारा नारामा मात्र सीमित नगरी कार्यान्वयनमा ध्यान दिन पार्टी नेतृत्वलाई उनले भनेका छन् । मनाङ्गेले गत मंसिरमा नेकपा एस रोजेका थिए ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्