nepal ahile circle final NEW

नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिने

नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिने

काठमाडौँ– हृदयघातका कारण निधन भएका नेकपा एमालेका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिने भएको छ ।

नेम्वाङको पार्थिव शरीर श्रद्धान्जलीका लागि अहिले बिहान ७ बजेदेखि पार्टी कार्यालय च्यासलमा राखिने एमाले नेता प्रदिप ज्ञवालीले जानकारी दिए ।

नेम्वाङको निधनले नेपाली कम्युनिस्ट आन्दोलन, लोकतान्त्रिक आन्दोलन र राष्ट्रिय आन्दोलनमा अपूरणीय क्षति पुगेको उल्लेख गर्दौ उनले यो रिक्तता कहिल्यै पुरिन नसक्ने बताएका छन ।

संविधानसभाका अध्यक्ष तथा पूर्व सभामुख समेत रहेका नेम्वाङको सोमवार राति झण्डै साढे २ बजेको समयमा हृदयघातका कारण निधन भएको हो ।

बालुवाटार स्थित निवासमा हृदयघात भएलगत्तै उनलाई अस्पताल लगिएकोमा चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।

उनको असामयिक निधनको खबरसँगै  प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली, सभामुख देवराज घिमिरे लगायत शीर्ष नेताहरु त्रिवि शिक्षण अस्पतालमा पुगेका छन् ।

०६२-०६३ को जनआन्दोलनसँगै पुनस्र्थापित संसदको सभामुख बनेका नेम्वाङ २०६४ र २०७० मा संविधानसभाको चुनावमा इलामबाट जित हासिल गर्दै संविधानसभाको अध्यक्ष भएका थिए ।

पछिल्लो राष्ट्रपतिको निर्वाचनमा एमालेको तर्फबाट प्रत्यासी रहेका उनी प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको सभापति समेत बनेका थिए ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्