nepal ahile circle final NEW

नेम्वाङको असामयिक निधनले मर्माहत भएको छु : प्रधानमन्त्री प्रचण्ड

नेम्वाङको असामयिक निधनले मर्माहत भएको छु : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको निधनबाट आफू मर्माहत भएको बताएका छन् ।

प्रधानमन्त्री प्रचण्डले दिवंगत नेम्वाङप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेका छन्।

‘संविधानसभाका अध्यक्ष तथा पूर्व सभामुख कमरेड सुवास नेम्वाङको असामयिक निधनको खबरले मर्माहत भएको छु । दिवंगत कमरेड नेम्वाङप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु,’ उनले बिहान ट्विटर मार्फत लेखेका छन्।

त्यस्तै राष्ट्रपति रामचन्द्र पौडेलले पनि नेम्वाङको निधनले आफू स्तब्ध भएको उल्लेख गरका छन् । नेम्वाङप्रति श्रद्धाञ्जली प्रकट गर्दै राष्ट्रपति पौडेलले नेम्वाङ परिवार, गणतन्त्र पक्षधर तथा नेकपा एमाले पार्टीप्रति समवेदना प्रकट गरेका छन्।

‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले संविधानसभा अध्यक्ष  सुवास नेम्वाङको अप्रत्यासित निधनले आफू मर्माहत र स्तब्ध भएको बताउनुभएकोछ । दुःखको यस घडिमा नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै नेम्वाङ परिवार, गणतन्त्र पक्षधर तथा उहाँको पार्टीप्रति गहिरो समवेदना प्रकट गर्नुभएको छ,’ राष्ट्रपतिको ट्विटरमा भनिएको छ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्