nepal ahile circle final NEW

एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्बाङको निधन

एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्बाङको निधन

काठमाडौँ ।  नेकपा एमालेका उपाध्यक्ष तथा संसदीय दलको उपनेता सुवासचन्द्र नेम्बाङको ७१ वर्षको उमेरमा निधन भएको छ ।

संविधानसभाका अध्यक्ष तथा पूर्व सभामुख समेत रहेका नेम्वाङको सोमवार राति झण्डै साढे २ बजेको समयमा हृदयघातका कारण निधन भएको हो ।

एमाले उपाध्यक्ष विष्णु पौडेलका अनुसार बालुवाटार स्थित निवासमा हृदयघात भएलगत्तै उनलाई अस्पताल लगिएकोमा चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरु त्रिवि शिक्षण अस्पतालमा पुगेका छन् ।

०६२-०६३ को जनआन्दोलनसँगै पुनस्र्थापित संसदको सभामुख बनेका उनी २०६४ र २०७० मा संविधानसभाको चुनावमा इलामबाट जित हासिल गर्दै संविधानसभाको अध्यक्ष भएका थिए ।

पछिल्लो राष्ट्रपतिको निर्वाचनमा एमालेको तर्फबाट प्रत्यासी रहेका उनी प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको सभापति समेत बनेका थिए ।

 

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्