nepal ahile circle final NEW

पोखरामा ‘परिवन्धकाे परिणाम’ नाटक मञ्चन, ‘अकालमा’ भिडियो सार्वजनिक

पोखरामा ‘परिवन्धकाे परिणाम’ नाटक मञ्चन, ‘अकालमा’ भिडियो सार्वजनिक

पोखरा । अन्तर्राष्ट्रिय आत्महत्या रोकथाम दिवसको अवसर पारेर  पोखरा थिएटरमा ” परिवन्धकाे परिणाम” शीर्षकको नाटक मञ्चन गरिएको छ  ।

प्रा.डा. निर्मल लामिछानेको लेखन तथा निर्देशनमा मञ्चन गरिएको सो नाटकमा घरेलु हिंसा र गैर जिम्मेवारपूर्ण सम्बन्धले कसरी आत्महत्याको बाटो अपनाउन बाध्य पार्छ  भन्ने विषयलाई दर्शाइएकाे थियो।

झन्डै ४५ मिनट लामो  नाटकमा प्रेम विवाह, श्रीमानको विश्वासघात, दाइजोको विषयमा हुने घरेलु हिंसा  र त्यसमाथि थपिने माइतीको अवहेलना कसरी आत्महत्याको प्रेरक बन्न पुग्छ भनेर देखाइएको छ ।

नाटकमा प्रेम विवाहपछि  श्रीमानले विश्वासघात गर्छन, घर परिवारले दाइजोको विषयमा  मानसिक यातना दिन्छन  र अन्ततः श्रीमानको कुटाई पिटाई आदिका कारण घरेलु हिंसा सहनै नसकेर माइत फर्केकी छोरीलाई माइतमा समेत  आफूखुसी प्रेम विवाह गरेर गएकी मान्छे यहाँ पाइला नटेक भनेपछि प्रहरीकोमा  पुगेकी पीडित लाई प्रहरीले पनि घर जाऊ मिलेर बस भनेपछि महिलाले आत्महत्या गर्ने प्रयत्न गर्छिन् ।

यसरी आत्महत्याका विविध कारणहरू मध्ये घरेलु हिंसा पनि एक प्रमुख कारक  हो भनेर नाटकमा दर्साउन खोजिएको थियो ।

गण्डकी मेडिकल कलेजका छात्राहरूको कुशल अभिनयमा मञ्चन गरिएको सो नाटकले  हलमा रहेका दर्शकहरूलाई भावुक बनाएको थियो ।

नाटक मञ्चन पूर्व कार्यक्रममा आत्महत्या रोकथामलाई नै लक्षित गरिएको प्रा. डा. लामिछाने कै शब्द, स्वर, र निर्देशनमा बनेको “अकालमा” नामक म्युजिक भिडियो सार्वजनिक गरिएको थियो ।

प्रस्तुत नाटक र म्युजिक भिडियो बि.जी. हस्पिटलको यु ट्युब च्यानलमा देख्न पाइन्छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्