nepal ahile circle final NEW

जति सुकै गरेपनि परदेश आफ्नो देश जस्तो हुदैन: अध्यक्ष ओली

जति सुकै गरेपनि परदेश आफ्नो देश जस्तो हुदैन: अध्यक्ष ओली

काठमाडौं । नकेपा एमालेका अध्यक्ष केपी ओलीले, आफ्नो देश छोडेर अरुको देश बनाउन जाने प्रवृत्ति बढेको भन्दै त्यसतर्फ असन्तुष्टि जनाएका छन् ।

काठमाडौंमा झापा काठमाडौं सम्र्पक मञ्चद्वारा आयोजित तीज विशेष कार्यक्रममा उनले पछिल्लो समय आफ्नो देश बनेको छैन् भनेर बनेका देशको पछि लाग्ने प्रवृत्ति बढेको भन्दै त्यो घातक हुने बताए ।

जति सुकै गरेपनि परदेश आफ्नो देश जस्तो नहुने उनको तर्क छ ।

‘अरुका देश बनेका छन् भनेर, बनेका देशमा हामी कुदेर , हाम्रो देश बनेको छैन् भनेर बनेका देश तिर कुदेर हुँदैन् ’ उनले भने ।

त्यस्तै उनले विदेशको बाटो बनाएर देश सिंगारेपनि, त्यसको फाईदा आफूले लिन नपाउने कुरा स्मरण गर्न आग्रह गरे ।

उनले भने ‘आफ्ना बाटा राम्रा बनाउनु पर्छ, आफ्ना गाडी राम्रा बनाउनु पर्छ । उत्पादन गर्नु पर्छ । हाम्रो आफ्नो उत्पादन बढाउनु पर्छ । ’

समृद्धिको समय आएको भन्दै उनले अब सुख र खुसिका गीतहरु गाउने बेला आएको उनको भनाई छ ।

 

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्