nepal ahile circle final NEW

पाकिस्तानले बंगलादेशलाई ७ विकेटले हरायो

पाकिस्तानले बंगलादेशलाई ७ विकेटले हरायो

काठमाडौं । एसिया कप क्रिकेटको सुपर फोरमा पाकिस्तानले बंगलादेशलाई पराजित गरेको छ ।

बुधबार भएको खेलमा घरेलु टोलीले बंगलादेशलाई ७ विकेटले पराजित गरेको हो।

बंगलादेशले दिएको १ सय ९४ रनको लक्ष्य पाकिस्तानले ३९ ओभर ३ बलमा ३ विकेट गुमाएर पूरा गरेको थियो । पाकिस्तानका लागि इमाम उल हकले ७८, मोहम्मद रिजवानले नटआउट ६३, फाखर जामनले २० र कप्तान बाबर आजम १७ रन बनाएका थिए ।

बंगलादेशका तास्किन अहमेद, सोरीफुल इस्लाम र मेहदी हसन मिराजले समान १/१ विकेट लिएका थिए ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्