nepal ahile circle final NEW

खुकुरी प्रहार घटनामा सुनियोजित शक्तिको हात भएको नेविसंघ नेताको दाबी

खुकुरी प्रहार घटनामा सुनियोजित शक्तिको हात भएको नेविसंघ नेताको दाबी

काठमाडौं । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघले पार्टी सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको विरोधमा काठमाडौंमा मसाल जुलुस निकालेको छ । बुधबार नेविसंघले काठमाडौंको त्रिचन्द्र कलेज, ल कलेज लगायतका स्थानमा मसाल जुलुस प्रदर्शन गरेको हो ।

विरोध प्रदर्शनमा नेविसंघको केन्द्रिय सदस्य संजीव ढकालले सहमहामन्त्री महेन्द्र यादवमाथि प्रहार गर्ने व्यक्तिको पछाडी सुनियोजित शक्तिको हात रहेको दाबी गरे ।

उनले भने,‘आज महेन्द्र यादवमाथि देशकै मुटु राजधानी भृकुटीमण्डपमा आतंङककारी शैलीमा खुकुरी प्रहार भएको छ । प्रहार गर्ने मानीस एउटा व्यक्ति देखिए पनि यसको पछि सुनियोजित शक्ति लागेको देखीन्छ, त्यसको भण्डाफोर हामीले गर्ने छौं । यस्ता मण्डलेहरुलाई तह लगाउन हामी जति बेला पनि तयार छौं ।’

उनले एकजना महेन्द्र यादवमाथि खुकुरी प्रहार गर्दैमा केहि नहुँने भन्दै हजारौं कार्यकर्ता त्यसको प्रतिवाद गर्न तयार रहेको बताए । ‘आज एकजना महेन्द्र यादवमाथि खुकुरी प्रहार गर्दैमा केहि हुँदैन् । हजारौ हामी महेन्द्र यादव त्यस्ता खुकुरी थाप्न तयार छौं ।’ उनले भने ‘म चेतावनी दिन चाहान्छु । तपाईहरु शैली बद्लेर लोकतन्त्र गणतन्त्र, संविधानको पालना गरेर बस्नुस् । नत्र घर घरबाट निकालेर कारबाही गर्ने छ । ’

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्