nepal ahile circle final NEW

सुजलको नेपाली बजारमा नयाँ पाउडर दूध ‘Delite-Dairy Whitener’

सुजलको नेपाली बजारमा नयाँ पाउडर दूध ‘Delite-Dairy Whitener’

पोखरा । सुजल फुड्स प्रालिले बजारमा नयाँ उत्पादनको रुपमा नयाँ पाउडर दुध लिएर आएको छ । बजारमा चोकोफन रसिलो, फ्रेसो जस्ता अन्तराष्ट्रिय स्तरको ब्राण्डहरू स्थापित गराएको सुजलले आफ्नो नयाँ उत्पादन ‘Delite – Dairy Whitener’ पाउडर दुध बजारमा ल्याएको हो ।

दूध तथा दुग्ध जन्य पदार्थको बजारीकरण गर्दै आएको सुजलले नयाँ पाउडर दुध अन्तराष्ट्रिय स्तरको स्वदेशी उत्पादन भएको दाबी समेत गरेको छ । देशको विभिन्न ठाउँहरुबाट संकलित दुधलाई नविनतम तथा उच्च प्रविधि तथा मेसिनरीको सहायताबाट गुणस्तर मापन गरी ‘Delite – Dairy Whitener’ तयार पारिएकाले यो शत प्रतिशत अन्तराष्ट्रिय स्तरको स्वदेशी उत्पादन भएको सुजलले उल्लेख गरेको छ ।

सुजलले एक प्रेस विज्ञप्ति जारी गर्दै यस उत्पादन लाई नेपाली बजारमा उपलब्ध पाउडर दूध मध्ये सबैभन्दा स्वादिष्ट र पौष्टिक पाउडर दूधको रूपमा स्थापित गर्ने तयारी गरेको समेत जनाएको छ । गाई र भैँसीको दूधको प्राकृतिक तत्व र पोषिलो स्वादले भरिपूर्ण यो पाउडर दूध चिया, कफीका साथै अन्य दूधका परिकारहरूलाई अझै स्वादिष्ट बनाउन प्रयोग गर्न मिल्ने सुजलको भनाई छ ।

सुजलका अनुसार अन्य पाउडर दूधको तुलनामा यो बाक्लो रहेको छ भने यसको अत्याधुनिक ‘अल्ट्रा ड्राईङ स्प्रे प्रविधि’ ले समान मिश्रण कायम गरी मन तातो पानीमा तुरुन्तै घुल्ने गरी तयार पारिएको छ । आधुनिक मेटालिक प्याकेजिङ्का कारण यो पाउडर दूध १२ महिनासम्म ढुक्क भई प्रयोग गर्न सकिने कम्पनीले उल्लेख गरेको छ ।

तौलका आधारमा दुई थरी प्याकेट साइजमा उपलब्ध यो पाउडर दूध ४०० ग्रामको लागि रु ४७० र ८०० ग्रामको लागि रु. ९०० कायम गरिएको छ । यो पाउडर दूध उपभोक्ताका लागि नजिकको किराना, ग्रोसरी तथा डिपार्टमेन्ट स्टोर्सहरुमा उपलब्ध भइसकेको कम्पनीले जानकारी दिएको छ ।

पोखरा तथा पोखराको आसपासको बजारमा ‘अब हरेक दिन Deliteful’ अभियानका साथ यो पाउडर दूध बजारमा उपलब्ध गराएको उल्लेख गर्दै सुजलले सम्पूर्ण उपभोक्ताहरुले यसको स्वाद मनपराउने विश्वास लिएको छ । यसको प्रयोग गरेर चिया कफी पिउँदा आत्मिय पल थप मीठो बनाउने सुजलको दाबी छ ।

देशको विभिन्न ठाउहरु जस्तै पूर्वमा विराटनगर, इटहरी, विरगञ्ज, जनकपुर, पश्चिममा बुटवल, भैरहवा, तुल्सिपुर, नेपालगन्ज र सुदुरपश्चिममा धनगढी, सुर्खेत, महेन्द्रनगर आदि मुख्य सहरहरुमा यो पाउडर दूध उपलब्ध गराइसके र प्रयोगकर्ताबाट सकारात्मक प्रतिक्रिया पाइरहेको बताएको छ ।

यो पाउडर दूध उत्पादक सुजल डेरी अत्याधुनिक मेसिन र प्रविधियुक्त नेपालको निजी क्षेत्रकै नं. १ डेरी रहेको कम्पनीको दाबी छ । ISO 22000: 2018 मान्यता प्राप्त सुजल डेरीको दैनिक २ लाख लिटर दूध प्रशोधन गर्ने क्षमता रहेको छ ।

नेपालको अग्रणी कन्फेक्सनरी तथा खाद्य कम्पनी सुजल फुड्स प्रालि लक्ष्मी ग्रुप अन्तर्गतको कम्पनी हो ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्