nepal ahile circle final NEW

चेतन राईको नयाँ गीत ‘घुम्दै जाँदा’ सार्वजनिक (भिडियो सहित)

चेतन राईको नयाँ गीत ‘घुम्दै जाँदा’ सार्वजनिक (भिडियो सहित)

राजाराम पौडेल, पोखरा । गायक चेतन राईले नेपाली साँगीतिक क्षेत्रमा सक्रियता बढाउदै गएका छन् । एकपछि अर्को साँगीतिक कोसेली पस्केका उनी देश तथा विदेशका कार्यक्रममा समेत व्यस्त हुन थालेका छन् ।

यहीं क्रममा उनले नयाँ गीत ‘घुम्दै जाँदा’ सार्वजनिक गरेका छन् । यो गीतमा आवाज, संगीत र रचना राईको नै रहेको छ । गीतको एरेन्ज विशम आचार्यले गरेका हुन् ।
आफ्नै होमटाउन सल्यानमा छायाकंन गरिएको गीतलाई दर्शक श्रोताले रुचाउने राईको विश्वास छ । ‘आफ्नै ठाउँमा छायाकंन गरिएको गीतले दर्शकको माया मात्र नपाएर सो ठाउँको प्रचार गर्ने विश्वास गरेको छु’ नेपाल अहिलेसँग कुरा गर्दै राईले भने । गीत माया प्रेमसँग सम्बन्धित छ ।

गीतको भिडियोमा प्रितिका शर्मा र सम्यम सिंहको रोमान्स हेर्न पाइन्छ । भिडियोको निर्देशन र सम्पादन फराज अर्पणले गरेका हुन् । विशाल थापाले छायाकंन गरेको गीतको भिडियो राईले आफ्नै युट्युब च्यानल चेतनराई अफिसियलबाट गीत रिलिज गरेका हुन् । यो गीत राईको चौथों एलबम ‘स्टेज’मा समाबेश छ ।

सल्यान जिल्लामा जन्मेका गायक राईले पप तथा आधुनिक विधाका गीत गाउने गर्छन् । उनको पहिलो एलबम सन् २०१० मा बजारमा आएको थियो । ‘सेभेन’ नामको यो एलबमले दर्शक श्रोतामाझ उनलाई त्यस समयमा परिचित गरायो । त्यसपछि सन् २०१५ मा दोस्रो एलबम ‘साउण्ड’ निकाले । केही वर्षको अन्तरालमा तेस्रो एलबम ‘स्टेप’ उनले पस्केका थिए । उनी कार्यक्रमको शिलिशलामा छिट्टैनै जापान र दक्षिणा कोरीया जाँदैछन् । अहिले रिलिज गरिएको गीत हेरेर तथा सुनेर प्रतिक्रिया दिन गायक राईको आग्रह छ ।

भिडियो लिंक

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्