nepal ahile circle final NEW

नेकपा एमालेको सचिवालय बैठक सिराहामा बस्दै

एमाले सचिवालय बैठक सिराहामै बस्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको सचिवालय बैठक बस्दैछ । बैठक बिहान साढे ११ बजे सिराहाको धनगढीमाई नगरपालिका–४, सर्रे अम्वास (विष्णुपुरकट्टी)मा बस्ने भएको हो ।

भदौ ९ गतेलाई तय गरेको बैठक अन्तिम समयमा स्थगित गरेको एमालेले फेरि सोही ठाउँमा बैठक गर्ने निर्णय गरेको थियो । मधेससँगको सम्बनधन चिसिएको बुझाइमा रहेको एमालेले त्यहाँ बैठक गरेर मधेस प्रदेशमा संगठन सुधारको रणनीति अख्तियार गर्न लागेको छ ।

बैठकका लागि कतिपय नेताहरू तहाँ पुगिसकेका छन् भने केही पुग्नेक्रममा रहेको एमालेले जनाएको छ । जहाँ तत्कालीन मालेले २०४६ सालमा सिराहाको एक काठघरमा चौथो महाधिवेशन गरेको थियो । सोही महाधिवेशनले मदन भण्डारीलाई महासचिव निर्वाचित गरेको थियो ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्