nepal ahile circle final NEW

भैरहवाबाट आजदेखि हङकङ र दिल्ली उडान

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको उडान पुनःसञ्चालन

काठमाडौं । नेपाल वायुसेवा निगमले मंगलबार देखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंलाई ट्रान्जिट बनाएर हङकङ र दिल्लीमा नियमित उडान गर्ने भएको छ ।

भैरहवाबाट मंगलबार हप्ताको एकदिन एक उडानबाट सेवा सुरु गरिने निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।

निगमको बजार व्यवस्थापन र माग अनुसार उडानको संख्या थप्दै जाने जनाइएको छ ।

निगमको समय तालिकाअनुसार बिहान ८ः१५ मा भैरहवाबाट उडेको जहाज ९ बजे काठमाडौंमा अवतरण गर्नेछ ।

त्यसपछि ट्रान्जिट भइ हङकङ जाने यात्रु हङकङको उडानमा र दिल्ली जाने यात्रु निगमकै कनेक्टिंङ उडानमा चढ्ने छन् ।

यसका लागि १० गतेबाट नै टिकट बुकिङ खुलाइएको थियो ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्