nepal ahile circle final NEW

छायाँनाथ धाममा दर्शनार्थीको घुँइचो बढ्दै

छायाँनाथ धाममा दर्शनार्थीको घुँइचो बढ्दै

मुगु । मुगुको मुगम कार्मारोङ्ग १ डोल्फुमा समुद्र सतहदेखि ५ हजार २ सय मिटरको उचाईमा रहेको छायाँनाथ धाममा जनै पूर्णमाको अवसमा ठूलो मेला लाग्ने गर्छ । हिन्दू धर्मालम्बीहरुले मनमा सोचेका नयाँ काम पूरा हुने,  पाप काटिने, घर परिवारमा सुख शान्ति मिल्ने,घरका कुल देवता खुसी हुने जस्ता मान्यता राख्दै छायाँनाथ धाममा मेला भर्नेको ठूलो भीड लाग्छ ।

भाद्र अष्टमीदेखि जनै पूर्णिमासम्म मुगु,जुम्ला,कालीकोट,हुम्ला,बाजुरा लगायत देशका बिभिन्न भागबाट  छाँयानाथ धाममा धामी झाक्रीसहित दैनिक सयौं जना दर्शनार्थीको भीड लाग्ने गरेको छ ।

जिल्लाको मुगुम् कार्मारोङ्ग गाउँपालिकाको वडा नं १ डोल्फुमा रहेको छायाँनाथ धाममा छिमेकी देश भारतबाट समेत गरि हजारौँ तीर्थयात्रु आफ्ना कुल देवताको शुद्धि, नयाँ धामी, झाँक्री औतार गर्न, आफूले चाहेको बर माग्न र पितृहरूको सम्झना गर्न आउने गर्छन  ।

हिन्दूहरूको धार्मिक ग्रन्थ श्री स्वस्थानी व्रत कथाको १० औँ अध्यायमा उल्लेख भए अनुसार महादेव विरक्त भई सतीदेवीको शव बोकी पृथ्वी लोकमा घुम्दै जाँदा सतीदेवीका अन्तिममा बाँकी सबै अङ्ग पतन भएको छायाँनाथ अद्भूत शक्ति पीठका रुपमा रहँदै आएको जुम्लाको कनका सुन्दरी ३ बाट आएको तीर्थालु सार्केा बुढा बताउँछन ।

घरमा बढीजसो अनिष्ट हुने र शुभ कहिले नहुने हुँदा देवी देउता पारि शान्ति पाउनका लागि ८ दिन लगाएर छाँयानाथ धाममा आइपुगेको बुढीनन्दा गाँउपालिका बाजुराकी ६५ बर्षीया नानदेबी शाहीले बताइन ।

विश्वमा रहेका हिन्दु, बौद्ध तथा ओमकार परिवारको प्रमुख तथा साझा आस्थाको केन्द्र रहेको छायाँनाथ धामको उचित प्रचार प्रसार र भौतिक विकास राज्यका निकायबाट हुन नसक्दा देशले धार्मिक पर्यटन गुमाउँदै आएको स्थानीयको भनाइ छ । देश तथा कर्णाली प्रदेशमा धार्मिक पर्यटनबाट जनतालाई आर्थिक सम्पन्नता गराउने हो भने संघीय, प्रदेश तथा स्थानीय सरकारले आ–आफ्नो क्षेत्रबाट छायाँनाथ धामको विकासमा ध्यान पुर्‍याउनुपर्ने देखिन्छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्