nepal ahile circle final NEW

समाजवादी मोर्चाको पहिलो सन्देश सभा आज वीरगञ्जमा हुँदै

समाजवादी मोर्चाको पहिलो सन्देश सभा आज वीरगञ्जमा हुँदै

काठमाडौं । सरकारको नेतृत्व गरेको माओवादी केन्द्रसहित चार दल सम्मिलित समाजवादी मोर्चाले पहिलो सन्देश सभा आयोजना गर्देछ ।

शुक्रबार वीरगञ्जमा पहिलो सन्देश सभा आयोजना गर्न लागेको हो ।

मोर्चामा सहभागि जनता समाजवादी पार्टीको आयोजनामा दिउँसो १ बजे वीरगञ्जमा सभाको आयोजना हुन लागेको हो ।

मोर्चाले भदौ १२ गते बुटवल, १३ गते धनगढी, १४ गते सुर्खेत, १५ गते पोखरा, २३ गते हेटौंडा र २५ गते विराटनगरमा सभा गर्ने निर्णय गरेको छ ।

सोमबार बिहान नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय, आलोकनगरमा बसेको बैठकले सातै प्रदेशमा सन्देश सभा गर्ने निर्णय गरेको थियो ।

असार ४ गते गठन भएको मोर्चामा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपा छन् ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्