nepal ahile circle final NEW

बारामा बस दुर्घटना, ७ जनाको मृत्यु , १९ जना घाइते

बारामा बस दुर्घटना, ७ जनाको मृत्यु , १९ जना घाइते

काठमाडौं । बाराको जीतपुरसिमरा चुरियामाईमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् ।

तीर्थयात्री बोकेको मधेस प्रदेश–०३–००१ ख ७९९४ नम्बरको बस बुधबार राति करिब १ बजेको समयमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । मृत्यु हुनेमा ६ जना भारतीय नागरिक  एक जना नेपाली रहेका छन् ।

मृत्यु हुनेको सनाखत भइसकेकाे छ । मृत्यु हुनेमा  भारतको राजस्थानका ६७ वर्षीय बहादुर सिंह, ६० वर्षीया सत्यवती, ७० वर्षीय राजेन्द्र चतुरबेदी, ६५ वर्षीया श्रीकान्त चतुरबेदी, ६७ वर्षीया बैजन्ती देवी, ६५ वर्षीया मिरा देवी र एक जना महोत्तरीको लोहारपटी–५ का ४१ वर्षीय विजय लाल पण्डित रहेका छन् ।

काठमाडौंबाट महोत्तरीको लोहारपट्टी जाँदै गरेको उक्त बस चुरियामाई मन्दिरबाट १०० मिटर खोलामा खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी घाइते भएका १९ जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । दुर्घटना पछि बसका चालक भने फरार छन् ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्