nepal ahile circle final NEW

दुर्गममा कर्मचारी बस्न नचाहने प्रवृत्ति गम्भीर

दुर्गममा कर्मचारी बस्न नचाहने प्रवृत्ति गम्भीर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले, दुर्गममा कर्मचारी बस्न नचाहने प्रवृत्ति प्रतिआफू गम्भीर रहेको बताएका छन् ।
कर्णाली प्रदेश स्थापना तथा शहीद दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उनले संघीय सरकारले पनि त्यस विषयमा ध्यान दिन नसकेको भन्दै अब यो समस्या समाधानका लागिआफूले ठोस पहल गर्ने बताए ।

उनले भने ‘संघीय सरकारले पनि पर्याप्त ध्यान नदिँदा प्रदेश सरकारका काम कारबाहीहरू प्रभावित भएको भन्ने यहाँहरूको गुनासोलाई मैले गम्भीरतापूर्वक लिएको छु। आगामी दिनमा यो समस्याको उचित सम्बोधनका लागिआवश्यक पहल लिने विश्वास पनि दिलाउँछु।’

त्यस्तै बेरोजगारीको अन्त्य गरी गरिबी निवारण तथा आर्थिक रूपान्तरणका लागि कर्णाली प्रदेश सरकारको समृद्धि अभियानलाई संघीय सरकारको पूर्ण साथ र सहयोग रहने उनको प्रतिवद्धता छ।

उनले भने ‘कर्णालीको विकासलाई मैले सधैं प्राथमिकतामा राख्दै आएको छु, आगामी दिनमा समेत नीति, कार्यक्रम र बजेटमा यस प्रदेशलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्तगर्दछु।’

अथाह प्राकृतिक साधन स्रोत हुँदाहुँदै पनि भौतिक पूर्वाधारको अभाव, पूर्वाधार विकासमा भौगोलिक चुनौती एवं आर्थिक स्रोत परिचालनको अभाव, कर्मचारी परिचालन र व्यवस्थापनमा चुनौती जस्ता विषयहरू कर्णालीका गम्भीर समस्या भएको उनको तर्क छ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्