nepal ahile circle final NEW

माओवादीको कर्णालीमा कार्य विभाजन टुङ्गो लाग्यो

माओवादी केन्द्रीय कमिटी आजबाट, त्यसअघि स्थायी कमिटी बस्दै

काठमाडौं । नेकपा(माओवादी केन्द्र) ले कर्णाली प्रदेशमा केन्द्रीय सदस्यहरूको कार्य विभाजनलाई अन्तिम रुप दिएकोछ ।
साउन ३० गते प्रदेश इन्चार्ज मातृका यादवको नेतृत्वमा बसेको बैठकले कर्णाली प्रदेशको १० जिल्ला र पालिका इञ्चार्जहरूको कार्य विभाजनलाई टुङ्गो लगाएको हो ।

१० वटा जिल्ला मध्येमा हुम्लाको इन्चार्ज झकबहादुर मल्ल, जुम्लाको छिमी लामा, मुगुको गोमा गौतम कुँवर, कालिकोटको टेकबहादुर बस्नेत,दैलेखमा गोपाल शर्मा,सुर्खेतमा पूर्वमुख्यमन्त्री समेत रहेका महेन्द्र बहादुर शाही इञ्चार्ज रहेका छन् ।

त्यस्तै जाजरकोटमा बसन्त शर्मा, रुकुममा गगन खड्का, सल्यानमा नरेश भण्डारी, र डोल्पामा नरबहादुर बिष्ट इन्चार्ज तोकिएका छन् ।
मओवादी केन्द्रको साउन (१७–२१)सम्म बसेको केन्द्रीय समितिको निर्णय बमोजिम अन्तर जिल्ला हेर्ने गरी केन्द्रीय सदस्यहरूको जिम्मेवारी हेरफेर गरिएको हो ।

कर्णालीमा माओवादीले प्रदेश भित्रका सबै नगरपालिका र गाउँपालिका हेर्ने गरि जिम्मेवारी समेत तोकेको छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्