nepal ahile circle final NEW

बिक्रमको ‘गल्फ्रेन्ड छोडे मैले’ सार्वजनिक

बिक्रमको ‘गल्फ्रेन्ड छोडे मैले’ सार्वजनिक
काठमाडौं।  गायक बिक्रम जङ्ग शाहको नयाँ गीत ‘गल्फ्रेन्ड छोडे मैले’ सार्वजनिक भएको छ । गीतमा गायक बिक्रम जङ्ग शाह र लोकप्रिय गायिका टीका पुनको स्वर रहेको छ । गीतमा यज्ञ वि.कको लय र शब्द रहेको छ । बिनोद बाजुरालीको संगित संयोजन रहेको गीत मालाश्री स्टुडियोमा रेकर्ड गरिएको हो ।

उद्दार म्युजिकको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक भएको गीतको म्युजिक भिडियोलाई बिक्रम चौहानले निर्देशन गरेका छन् । गीतको भिडियोमा नायक पल शाह, बिजय पुन, बिष्णु पुन र यानी पुनको अभिनय रहेको छ ।  गीतको भिडियोमा प्रेमी र प्रेमिका बिचको माया प्रेमका बिच शंका उपशंका र असमझदारीका कारण साथ छोडेपछीको स्वतन्त्रता दर्शाइएको छ ।

टिफिकल गीत गाउन अब्बल गायक शाहका यस अगाडी माइला, खोला खोल्सी, ज्यानलाई भो खतरा, टिलपिल तारा, मनमा तिमी लगायत थुप्रै गीतहरु चर्चित छन ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्