गलत र भ्रामक सूचनाबाट बच्न साक्षरता कार्यक्रम

  • नेपाल अहिले
  • भाद्र ३, २०८०
गलत र भ्रामक सूचनाबाट बच्न साक्षरता कार्यक्रम

पोखरा । गलत र भ्रामक सूचनाबाट कसरी बच्ने भन्ने विषयमा पोखरामा डिजिटल मिडिया साक्षरता कार्यक्रम समापन भएको छ ।
नेपाल पत्रकार महासंघको सभाहलमा भएको कार्यक्रम संचारिका समुह गण्डकी प्रदेशको आयोजना तथा नुसान र अमेरीकी राज दुतावासको सहयोगमा गरिएको हो ।

कार्यक्रम बोल्दै गण्डकी प्रदेशसका उप–सभामुख विना कुमारी थापा मगरले सत्य तथ्य र निश्पक्ष रुपमा समाचार संप्रेसण गर्नुपर्ने बताइन् ।
संचारिका समुह गण्डकी प्रदेशका अध्यक्ष कविता श्रेष्ठले अहिलेको डिजिटल युगमा भ्रामक र गलत सूचनाबाट बच्नका लागि संस्थाले कार्यक्रमको आयोजना गरिएको जानकारी दिइन् । उनले कार्यक्रमलाई अभियानको रुपमा सञ्चालन गर्ने समेत बताइन ।

अमेरीकी राजदुताबासका प्रोफेशनल एक्सचेन्ज विज्ञ ईशु लामाले कार्यक्रमको प्रशंसा गर्दै आगामी दिनमा समेत सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।

पत्रकार महासंघ गण्डकी प्रदेशका सल्लाहकार दीपेन्द्र श्रेष्ठले सहजीकरण गरेको कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी तथा नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष पुण्य पौडेल, इन्सेक गण्डकी प्रदेशका प्रमुख शिव खकुरेल, पत्रकार महासंघ केन्द्रीय सदस्य सरिता तिम्सिना पँगेनी, पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी, फोनिज गण्डकी प्रदेश अध्यक्ष रुद्र श्रीस मगर लगायतले गलत र भ्रामक सूचनाबाट सवैलाई सचेत रहनका लागि आग्रह गरे । कार्यक्रम सञ्चालन सञ्चारिका समुह गण्डकीका कोषाध्यक्ष उमा आले मगरले गरेकी थिइन् ।

© 2026 All Rights Reserved | Nepal Ahile Media