nepal ahile circle final NEW

चार जिल्लाका सीडीओ फेरिए

चार जिल्लाका सीडीओ फेरिए

काठमाडौं । गृह मन्त्रालयले चार जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को सरुवा गरेको छ ।

मंगलबार मन्त्रालयले गरेको निणर्य अनुसार चितवन, नुवाकोट, सप्तरी र धनुषाका प्रमुख जिल्ला अधिकारी फेरिएका हुन् ।

सप्तरीका सीडीओ भुपेन्द्र थापालाई चितवनको सीडीओमा सरुवा गरिएको छ भने चितवनका सीडीओ सुरेन्द्र पौड्याललाई नुवाकोटको सीडीओ बनाइएको छ । त्यसैगरी, मन्त्रालयले नुवाकोटका सीडीओ किरण थापालाई सप्तरीको सीडीओ बनाएको छ ।

यस्तै,धनुषाका सीडीओ काशीराज दाहाललाई कारागार व्यवस्थापन विभागको महानिर्देशकमा सरुवा गरी कारागार व्यवस्थापन विभागका महानिर्देशक चक्रपाणी पाण्डेलाई धनुषाको सीडीओ बनाइएको छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्