nepal ahile circle final NEW

मनसुनी वायुको प्रभाव: मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडाैंसहित पहाडी क्षेत्रमा बदली, वर्षाकाे सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जसको कारण हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर सामान्य बदली रही कोशी, बागमती, गण्डकी, कर्णाली,सुदूरपश्चिम, लुम्बिनी र मधेस प्रदेशका थोरै स्थानहरुमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

बागमती र गण्डकी प्रदेशका केही स्थानमा भने चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

यस्तै, कोशीको तराई भू–भाग र मधेस प्रदेशका थोरै स्थानहरूमा हावा हुरीको पनि सम्भावना रहेको छ ।

राति भने कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ भने गण्डकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्