nepal ahile circle final NEW

जानकी मन्दिरमा अश्लिल टिकटक भिडियो बनाउने युवक पक्राउ

जानकी मन्दिरमा अश्लिल टिकटक भिडियो बनाउने युवक पक्राउ

धनुषा । प्रहरीले जानकी मन्दिरको विवाहमण्डपमा अश्लिल टिकटक भिडियो बनाउने युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषाको औरही गाउँपालिका ६ पोखरभिण्डा बस्ने १८ वर्षिया अनिरूद्र यादव रहेका छन ।

केही दिन अघि जानकी मन्दिरको छेउमा रेहेको विवाहमण्डव (मडवा)मा एक जोडि युवक र युवतिले अश्लिल ढंगले भिडियो बनाई टिकटकमा अपलोड गरेपछि सामाजिक सञ्जालमा व्यापक बिरोध भएको थियो ।

धार्मिक स्थलमा अश्लिल भिडियो बनाएकोमा ब्यापक आलोचना हुन थालेपछि जनकपुरधामका जनप्रतिनिधी तथा समाजिक अभियन्ताहरुको दबाब पश्चात धनुषा प्रहरीले उक्त युवकलाई पक्राउ गरेका छ ।

उक्त भिडियोमा रहेकी युवती र भिडियो खिच्ने क्यामेरा म्यानको समेत खोजी भईरहेको धनुषा प्रहरीले जनाएको छ ।

अन्य दुबै जना पक्राउ परेपछि कानुन बमोजिम र समाजलाई सचेत गराउने हिसाबले तिनैजनालाई दण्ड सजाय गर्ने धनुषा प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्