बैतडीमा पहिरोले घर पुरिँदा आमाछोराको मृत्यु

  • नेपाल अहिले
  • श्रावण ८, २०८०
बैतडीमा पहिरोले घर पुरिँदा आमाछोराको मृत्यु

|Remains of person

बैतडीमा पहिरोले घर पुरिँदा आमाछोराको मृत्यु भएको छ ।

बैतडीको पुर्चौडी नगरपालिका-२ को भैरु टोलमा पहिरोले घर पुर्दा २५ वर्षीया अञ्जु जागरी र उनका ५ वर्षीय छोरा रिजन जागरीको मृत्यु भएको हो । घटनामा मृतक अञ्जुकी सासु ४५ वर्षीया राइमती जागरी, देवर १७ वर्षीय गोब्बर जागरी र सोही घरमा पाहुना आएकी छिमेकी ६० वर्षीया जस्मा बोहरा घाइते भएका छन् ।

घाइतेहरुको दार्चुलास्थित गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । पहिरोमा परी घर पूर्ण रुपमा क्षतिग्रस्त भएको छ भने पशुचौपायाको पनि ठूलो क्षति भएको स्थानीयहरुले जनाएका छन् ।

© 2026 All Rights Reserved | Nepal Ahile Media