नेपाल-भारत सीमा क्षेत्रमा गोली हानी महिलाको हत्या

  • नेपाल अहिले
  • श्रावण ७, २०८०
नेपाल-भारत सीमा क्षेत्रमा गोली हानी महिलाको हत्या

धनुषाको मुसहरनियास्थित नेपाल-भारत सीमा क्षेत्रमा एक महिलाको गोली हानी हत्या भएको छ ।

पहिचान नखुलेको ती महिलालाई शनिबार राति करिब साढे आठ बजे मोटरसाइकलमा आएका अज्ञात दुई जनाले गोली प्रहार गरेका थिए । मुखियापट्टि मुसहरनिया गाउँपालिका-२ दशगजा पारि भएको घटनामा अन्दाजी ३५ वर्षीया ती महिलालाई दुई गोली लागेको थियो ।

महिलालाई गोली प्रहार गरि बन्दुकधारी भारततिरै भागेको प्रहरीले जनाएको छ । घटना बारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ । केही दिन अघिमात्र सुनसरीमा एक युवकको गोली हानी हत्या भएको थियो ।

© 2026 All Rights Reserved | Nepal Ahile Media