
स्याङ्जा प्रहरीले १५ वर्ष भन्दा लामो समयदेखि फरार रहेका दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा २०६२ सालमा सवारी ज्यान मुद्धामा १ वर्ष ११ महिना ९ दिन कैद सजाय पाएर १८ वर्ष देखि फरार रहेका स्याङजा विरुवा-४ बस्ने ५४ वर्षीय दुर्ग बहादुर गुरुङ रहेका छन् ।
यसैगरी २०५८ सालमा कर्तव्य ज्यान मुद्धामा जिल्ला अदालत स्याङजाबाट ४ वर्ष ११ महिना १० दिन कैद सजाय पाएर २२ वर्ष देखि फरार रहेकी स्याङजा भीरकोट-७ वस्ने ४३ वर्षीया जमुना अर्याललाई जिल्ला प्रहरी कार्यालय स्याङजाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
उनीहरु दुवैलाई साउन २ गते अदालतमा पेश गरी कैद भुक्तानका लागि जिल्ला कारागार स्याङजामा पठाइएको प्रहरीले जनाएको छ ।
