धारिलो हतियार प्रयोग गरी युवकको हत्या

  • नेपाल अहिले
  • अषाढ २९, २०८०
धारिलो हतियार प्रयोग गरी युवकको हत्या

रौतहटमा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या भएको छ ।

देवाही गोनाही नगरपालिका वडा नम्बर ६ स्थित करकस टोलका ३६ वर्षीय जग्गनाथ साह कानुको शुक्रबार बिहानै आफ्नै ओछ्यानमा मृत अवस्थामा फेला परेका थिए । रक्ताम्मे ओछ्यानमा भेटिएका साहको घाँटी रेटेर हत्या भएको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनास्थलमा तालिमप्राप्त कुकुरको खटाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

© 2026 All Rights Reserved | Nepal Ahile Media