ट्रेलरको ठक्करबाट युवकको मृत्यु

  • नेपाल अहिले
  • अषाढ २७, २०८०
ट्रेलरको ठक्करबाट युवकको मृत्यु

|Remains of person

मेची राजमार्गअन्तर्गत लालिखर्कमा लोबेड ट्रेलरको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

सनाखत नभएका अन्दाजी ३० वर्षीय युवकको दुर्घटनामा मृत्यु भएको हो । मेची राजमार्गअन्तर्गत फिदिम-३ लालीखर्कमा बुधबार दिउँसो १:३० बजेतिर सडकमा हिँडिरहेका उनलाई प्रदेश २-०३-००१ ख ४८०७ नम्बरको खाली ट्रेलर ठक्कर दिएको थियो ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार ठक्करबाट उनको घटना स्थलमै मृत्यु भएको थियो । प्रहरीले ठक्कर दिने गाडीलाई नियन्त्रणमा लिएपनि चालक भने फरार भएका छन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

© 2026 All Rights Reserved | Nepal Ahile Media