nepal ahile circle final NEW

नेप्सेमा ०.८ अङ्कको गिरावट, कारोबार ७५ करोडले बढ्यो

नेप्सेमा ०.८ अङ्कको गिरावट, कारोबार ७५ करोडले बढ्यो

आइतबार दोहोरो अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज नेप्सेको परिसूचकमा आज भने ०.८ अङ्कको झिनो गिरावट आएको छ ।

आज नेप्से परिसूचक ०.८ अङ्कले घटेर २०७६.९६ बिन्दुमा बन्द भएको छ भने कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा ७५ करोडले बढेको छ । आइतबार तीन अर्ब ४ करोड भन्दा बढी भएको कारोबार आज बढेर ३ अर्ब ७९ करोड ७९ लाख ८६ हजार ५८३ रुपैयाँ पुगेको छ ।

बुधबार धेरै कमाउनेमा रावा इनर्जी र गुह्येश्वरी फाइनान्सका लगानीकर्ता रहे । रावा इनर्जीको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा वृद्धि हुँदा गुह्येश्वरी फाइनान्सको सेयर पनि ७ प्रतिशत भन्दा बढीले वृद्धि भयो । आज धेरै गुमाउनेतर्फ हिमालयन हाइड्रो र सिटी होटलका लगानीकर्ता रहे । ती कम्पनीको सेयरमूल्य ६ प्रतिशतको हाराहारीमा घट्यो ।

आज सर्वाधिक कारोबार हुने कम्पनीतर्फ सोल्टी होटल, हिमालयन लाइफ इन्स्योरेन्स, शिवम् सिमेन्ट र सिटी होटल शीर्ष चारमा रहे । ती कम्पनीको क्रमश : ३३.१२ करोड, २४.९१ करोड, १५.५१ करोड र ९.०१ करोड बराबरको कारोबार भयो ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्